एमआरपी अन्योलले दशैं-तिहारको आयात प्रभावित हुनसक्ने, व्यवसायीको चेतावनी
kalakarmi.com · Wed Jul 01 04:56:49 GMT 2026

काठमाडौं- सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य(एमआरपी) अनिवार्य रूपमा उल्लेख गर्ने व्यवस्था कार्यान्वयन गर्न थालेपछि व्यवसायीहरू गम्भीर अन्योलमा परेको राष्ट्रिय व्यापार संघले जनाएको छ ।
संघका अध्यक्ष हिमलाल खरालले सरकारले उपभोक्ताको हितका लागि ल्याएको व्यवस्थाको आफूहरू विरोधमा नरहेपनि कार्यान्वयन प्रक्रिया स्पष्ट नभएकाले व्यापार, आयात र बजार व्यवस्थापनमा समस्या उत्पन्न भएको बताएका छन् । अध्यक्ष खरालले एमआरपी सम्बन्धी व्यवस्था आयातित वस्तुमा मात्र नभई नेपालमै उत्पादन हुने र बजारमा बिक्री हुने सबै सामानमा लागू हुने भन्ने सरकारी धारणा रहेको बताए । तर, यो व्यवस्था कसरी लागू गर्ने भन्ने विषयमा सम्बन्धित सरकारी निकायबीच नै स्पष्टता नहुँदा व्यवसायी अन्योलमा परेको उनको भनाइ छ । उनका अनुसार राष्ट्रिय व्यापार संघले अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय, भन्सार विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा आन्तरिक राजस्व विभागसँग पटक–पटक छलफल गरे पनि एउटै विषयमा फरक–फरक धारणा प्राप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)