ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा
nepalnews.com · Thu Aug 20 02:23:52 GMT 2026

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा आर्थिक कारबाही अघि बढाउने घोषणा गरेका छन्। दुई देशबीचको वार्ता असफल भएपछि ट्रम्पले इरानलाई सहयोग वा आर्थिक राहत उपलब्ध गराउने जुनसुकै मुलुकमाथि पनि कडा वित्तीय कारबाही गरिने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ट्रम्पले इरानलाई आणविक हतियार निर्माणबाट रोक्नु अमेरिकाको मुख्य उद्देश्य रहेको बताएका छन्। यद्यपि, भविष्यमा इरानसँग पुनः वार्ता हुन सक्ने सम्भावनालाई उनले खुला राखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)