लिखु गाउँपालिकाले सुविधा सम्पन्न भवन निर्माण गर्दै
nepalnews.com · Thu Aug 20 02:20:49 GMT 2026

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकाले स्थापनाको नौ वर्षपछि आफ्नै प्रशासनिक भवन निर्माण सुरु गरेको छ। केन्द्रसम्बन्धी विवाद र जग्गा प्राप्तिमा भएको ढिलाइका कारण यसअघि गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुन सकेको थिएन।
निर्माणको बुधबार शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले गाउँपालिकाले प्रवाह गर्ने सेवा र पूर्वाधार विकासमा उल्लेख्य प्रगति गरे पनि आफ्नै भवन नहुँदा भोग्दै आएको समस्या अब समाधान हुने बताए । गाउँपालिकाको कार्यालय हाल विद्यालयको भवनमा सञ्चालन भइरहेको छ। आफ्नै भवन निर्माण सम्पन्न भएपछि सहज र प्रभावकारी सेवा प्रवाह गर्न सकिने अध्यक्ष श्रेष्ठले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)