उद्योग स्थापनाका लागि करिब ४ अर्बको विदेशी लगानी प्रतिबद्धता
ajakoartha.com · Thu Aug 20 02:19:00 GMT 2026

काठमाडौं
- आर्थिक विकास र समृद्धीको लागि अन्त।ाष्ट्रिय सम्बन्ध र वैदेशिक लगानी महत्वपूर्ण विषय हुन । सरकारले लगानी भित्राउन कुटनीतिक माध्यमको प्रयोग गर्दै आएको हुन्छ । यद्यपी लगानीको लागि देशमा उपयुक्त वातावरण र लगानीको सदुपयोग अझ महत्वपूर्ण विषय हो । नेपालको उद्योग क्षेत्रमा चालू आर्थिक वर्षको पहिलो महिनामा करिब ४ अर्ब रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । साउन महिनामा तीन अर्ब ७७ करोड २८ लाख रुपैयाँको एफडीआई प्रतिबद्धता आएको उद्योग विभागले जानकारी दिएको हो । उक्त लगानी प्रतिबद्धता एक हजार सात सय ७३ वटा उद्योग स्थापनाका लागि आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)