पम्प स्टोरेज जलविद्युत्: ऊर्जा सुरक्षाको सस्तो विकल्प कि हतारो मात्र ?
clickmandu.com · Thu Aug 20 02:34:53 GMT 2026

काठमाडौं । अन्तर्राष्ट्रिय जलविद्युत् संघ (आईएचए) ले सन् २०२५ देखि २०३५ सम्मलाई विश्वभर ‘पम्प स्टोरेज’को स्वर्णिम युग घोषणा गरेर सोहीअनुसार मनाइरहँदा नेपाल भने व्यवस्थापकीय ढिलासुस्तीको बन्दी बनेको छ । नेपालका छिमेकी तथा एशियाका २ महाशक्तिहरू चीन र भारतले पम्प स्टोरेजमा अभूतपूर्व सफलता हासिल गरिसक्दा नेपाल भने कुइरोको काग झैं रूमल्लिएको हो ।
यहाँ दैनिक साँझको ‘पिक आवर’ मा नेपालमा चरम विद्युत् सङ्कट देखिने गरेको छ । दिउँसो र रातिको समयमा बिजुली फालाफाल भए पनि साँझको पिक आवरमा भने बिजुली अपुग भई झ्याप्-झ्याप् बत्ती जाने गरेको छ । हाल नेपालको कुल जडित क्षमता ४ हजार १२२ मेगावाट पुगेको छ भने बिजुलीको उच्च माग करिब ३ हजार २०० मेगावाट रहेको छ । तर पनि साँझको पिक आवरमा बिजुली पुग्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)