अदालतमा बैंकिङ कसुर र चेक अनादरका मुद्दाको चाप र अर्थतन्त्रमा त्यसको संकेत
ajakoartha.com · Thu Aug 20 02:42:00 GMT 2026

काठमाडौं - अर्थतन्त्रका बाहिरि सुचकहरु सकारात्मक देखिए पनि अर्थतन्त्रको वास्तविक अवस्था भने कमजोर रहेको बताइनछ । अहिले देशैभरिका अदालतहरुमा बैंकिङ कसुर र चेक अनादरका मुद्दाको चाप बढेका समाचारहरु आइरहेका छन् । यसको सीधा अर्थ पछिल्लो समयमा देशको आन्तरिक अर्थतन्त्र कमजोर बन्दै गएको प्रस्ट संकेत देखिएको छ । अदालतमा पछिल्ला महिनामा चलेका बैंकिङ कसुर, चेक अनादर र लेनदेनका मुद्दाको चाप हेर्दा बैंकबाट ऋण लिएर व्यवसाय गर्ने व्यवसायीहरूले साँवाको त कुरै छाडौँ ब्याजसमेत तिर्न नसकेर हैरान भएको देखिएको छ । त्यस्तै, खातामा पर्याप्त पैसा नभई तिर्नुपर्ने व्यक्ति तथा व्यावसायिक फर्महरूलाई चेक दिएर झुक्याउनेको संख्या पनि त्यत्तिकै बढेर गएको छ । यसले व्यक्तिगत कारोबारको साथै बैंकिङ कारोबार गर्नेहरू धेरैका आर्थिक अवस्था कमजोर र जोखिमपूर्ण बन्दै गएको देखाएको हो ।
यस्ता मुद्धाहरुको चापकिन बढ्छ भन्ने बारे सम्बद्ध निकायहरुले गहीरो चिन्तन र विश्लेषण गर्न जरुरी छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गर्नेहरूको व्यवसाय राम्रोसँग नचलेको कारण समयमा ब्याज तथा साँवा रकम भुक्तानी गर्न नसकेपछि नै बैंकिङ कसुरको मुद्दा चल्न पुगेका छन् । बैंकले धितो बन्धक राखेका घर, जग्गा लिलामको सूचना धमाधम निकाल्न थालेको छ भने ऋणीहरूले पनि आफ्नो सम्पत्तिमा बैंकले आँखा लगायो भनेर अदालत गुहारेका छन् । यदि सबैको व्यवसाय राम्रोसँग चलेको थियो भने यस्ता लेनदेनका मुद्दा अदालतसम्म पुग्ने नै थिएन । यो अवस्था साना ठूला सबै व्यवसायीहरुले भौगद्ये आएका छन् । त्यसैको असरले नै उद्यमी तथा बैंकरहरु पक्राउ पर्न थालेका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)