सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान
nepalnews.com · Thu Aug 20 03:07:01 GMT 2026

चितवन । चितवनमा रहेको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा सात हजार कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन ‘पोष्टमार्टम’ गरेको छ । चितवनसहित १६ जिल्लाका कुखुरापालक किसानका ती कुखुराको पोष्टमार्टम गरी रोग पहिचान गरिएको हो।
प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको थियो। प्रयोगशाालाले पोष्टमार्टम बाहेक रोग पहिचानको काम गरेको छ । एक हजार ५०० कुखुराको नमुना परीक्षणका क्रममा कुखुरामा १० रोग देखिएको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)