ट्रम्पको चेतावनी- इरानलाई सहयोग गर्ने देशले पनि 'गम्भीर आर्थिक परिणाम' भोग्नुपर्छ
nepalviews.com · Thu Aug 20 03:05:28 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको कूटनीतिक वार्ता असफल भएपछि तेहरानविरुद्ध अहिलेसम्मकै कडा आर्थिक नाकाबन्दी र कारबाहीको घोषणा गरेका छन्। ट्रम्पले इरानलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने वा व्यापारिक सम्बन्ध राख्ने जुनसुकै देशले पनि गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने स्पष्ट चेतावनी दिएका छन्।
‘ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै ट्रम्पले इरानमाथि अहिलेसम्मकै ठूलो आर्थिक युद्ध र अलगावको अभियान सुरु गरिएको बताएका छन्। उनले इरानको नौसेना र वायुसेना ध्वस्त भइसकेको दाबी गर्दै हाल तेहरान आर्थिक संकटको चपेटामा रहेको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)