अङ्ग प्रत्यारोपण समन्वय समितिको अध्यक्ष पदका लागि अन्तर्वार्ता आह्वान
ratopati.com · Thu Aug 20 03:34:13 GMT 2026

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अङ्ग प्रत्यारोपण समन्वय समितिको रिक्त अध्यक्ष पदपूर्तिका लागि प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी ७ जना उम्मेदवारहरूलाई छनोट गरेको छ।
मन्त्रालयले गत असार २५ गते प्रकाशन गरेको सूचनाका आधारमा दर्ता भएका दरखास्तहरूमध्येबाट डा. आरती राई, डा. एकानन्द सिंह, डा. पुकार चन्द्र श्रेष्ठ, डा. महेश बहादुर अधिकारी, डा. मुकुन्द राज जोशी, डा. शैलेन्द्र श्रेष्ठ र डा. सम्पूर्णमान तुलाधरलाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)