जनतामा निराशा, राप्रपाको परीक्षा
annapurnapost.com · Thu Aug 20 05:09:40 GMT 2026

पुराना दलप्रति जनअसन्तुष्टि त छँदैछ, नयाँ शक्तिको रूपमा उदाएको रास्वपा नेतृत्वको सरकारले पनि जनअपेक्षाअनुसार काम नगर्दा जनतामा निराशा पैदा हुन थालेको छ। सुशासन, विकास र आर्थिक समृद्धि त परको कुरा, सरकारले एक थान एलपी ग्याससमेत उपलब्ध गराउन नसक्दा जनता वाक्क दिक्क छन्। पासपोर्टदेखि मलखादका लागि जनता लाइन बस्नुपर्ने अवस्था छ। महँगीले सीमा नाघ्दै गएको छ। मुलुकको अर्थतन्त्र झन्–झन् जर्जर बन्दै गएको छ। अर्थात्, दुई तिहाइको सरकार बनेको पाँच महिना पुग्न लाग्दा पनि जनताले आधारभूत सेवा, सुविधा लिन सास्तीबाट मुक्ति पाउन सकेका छैनन्।
जनताको स्पष्ट चाहना छ– ‘देशलाई सही दिशा दिने दूरदर्शी नेतृत्व, भ्रष्टाचारमाथि कठोर प्रहार, प्रभावकारी सुशासन, राजनीतिक स्थिरता, रोजगारी, उत्पादन, विकास र परिणाममुखी शासन। तर, जनताका यी चाहना र भावनाअनुसार न पुराना दलले काम गरे, न त नयाँ शक्तिका रूपमा उदाएको रास्वपा नेतृत्वको सरकारले नै गर्न सकेको छ। यसैले जनताको असन्तुष्टि बढ्दै जाने र भरोसा टुटदै जाने स्थितिले देश फेरि नयाँ भड्खालोमा जाने त होइन भन्ने चिन्ता व्यक्त भइरहेका छन। नहोस् पनि किन ? जनतामाझ गम्भीर प्रश्न खडा भएको छ– त्यसो भए अब कसलाई, किन विश्वास गर्ने? ’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)