भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार
ratopati.com · Thu Aug 20 06:13:24 GMT 2026

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन् । विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत अहिले व्यावसायिक रूपमा सागसब्जी खेती गर्न अग्रसर भएको कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जानकारी दिइन् ।
उनका अनुसार अहिले बाँकेमा ६ हजार ३५२ हेक्टर जमिनमा वार्षिक करिब १३ मेट्रिकटन सागसब्जी उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्रले महिला तथा बालबालिका पोषण सुधार कार्यक्रमअन्तर्गत एक हजार ३५० किसानलाई लौका, फर्सी, करेलालगायत हिउँदे सागसब्जी बालीका बीउ वितरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)