अमेरिकाको राष्ट्रिय ऋण पहिलोपटक ४० ट्रिलियन डलर नाघ्यो
baahrakhari.com · Thu Aug 20 06:25:12 GMT 2026

काठमाडौं । अमेरिकाको राष्ट्रिय ऋण पहिलोपटक ४० ट्रिलियन डलरभन्दा माथि पुगेको छ । पछिल्लो पाँच महिनामै अमेरिकी राष्ट्रिय ऋण एक ट्रिलियन डलरले बढेको हो । ऋण तीव्र गतिमा बढ्दै जाँदा त्यसमा तिर्नुपर्ने ब्याज र भविष्यमा सरकारी बजेटमाथि पर्ने दबाबलाई लिएर चिन्ता बढेको छ ।
बुधबार सार्वजनिक तथ्यांकअनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडेनका कार्यकालमा अमेरिकी राष्ट्रिय ऋण ऐतिहासिकस्तरमा पुगेको हो । अमेरिकी सरकारको बजेटको ठूलो हिस्सा रक्षा, सामाजिक सुरक्षा र मेडिकेयरजस्ता कार्यक्रमहरूमा खर्च हुँदै आएको अवस्थामा ऋणको बढ्दो भार थप चुनौतीका रूपमा देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)