नेपालीमाथि गोली हान्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्न भट्टको माग, लाग्यो 'भारतीय विस्तारवाद मुर्दावादको नारा
pahilopost.com · Mon Jan 04 17:19:04 UTC 2021
काठमाडौंः कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित विघटित प्रतिनिधिसभा सदस्य दीपकप्रकाश भट्टले नेपाली नागरिकमाथि गोली हान्ने भारतीय सुरक्षा फौजलाई कारबाही गर्न माग गरेका छन्।
कञ्चनपुरको दोधारा चाँदनी नपास्थित बैलबन्धको नेपाल-भारत सीमामा भारतीय सुरक्षा फौजले सोमबार साँझ १६ वर्षीय नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको थियो। घाइते लुहारको महाकाली अञ्चल अस्पतालमा उपचार हुँदैछ। आफ्नो निर्वाचन क्षेत्रमा भएको घटनालाई निन्दनीय भन्दै नेकपा (दाहाल-नेपाल समूह) का नेता भट्टले सत्यतथ्य पत्ता लगाउन तथा दोषीमाथि कारबाहीको माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)