चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा
ratopati.com · Thu Aug 20 07:03:03 GMT 2026

बाजुरा । “जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ । जमिन जति फाट्दै जान्छ, त्यति नै मन पनि फाट्दै जान्छ । अब यो जमिन कतिबेला बग्छ र हाम्रो घर कतिबेला पुरिन्छ भन्ने डर लाग्छ”, बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सु गाउँका स्थानीय टेक थापाले भने । उनको यो भनाइले सिङ्गो गाउँको पीडा बोल्छ ।
बेलाबेला आउने भूकम्पले थिलथिलो बनेको यहाँको जमिन यस वर्षको मनसुनी वर्षापछि ठाउँठाउँमा चिराचिरा परेको छ । कतै घरका आँगन फाटेका छन् भने कतै खेतबारीमा लामालामा चिरा परेका छन् । गाउँमाथि र आसपासबाट पहिरो खस्नेक्रम नरोकिएपछि यहाँका ६० परिवार आफ्नै घरमा सुरक्षित महसुस गर्न सकिरहेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)