जापानमा रेलको ठक्करबाट ४ जना कामदारको मृत्यु
ratopati.com · Thu Aug 20 07:08:05 GMT 2026

टोकियो । जापानमा रेलमार्गमा काम गरिरहेका कामदारलाई रेलले ठक्कर दिँदा ४ जनाको मृत्यु भएको छ । घटना स्थानीय समयअनुसार बिहीबार बिहान करिब १०ः४६ बजे टोकियोको उत्तरतर्फ रहेको शिन–कानुमा स्टेसनमा भएको अधिकारीहरूले बताएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार कामदारहरू रेलको ट्र्याकमा उम्रिएको झारपात हटाउने काम गरिरहेका बेला तीव्र गतिमा आएको रेलले उनीहरूलाई ठक्कर दिएको हो । आपत्कालीन उद्धार टोली घटनास्थलमा पुग्दा तीन जना कामदार रेलमुनि फसेका थिए भने अर्का एक जना प्लेटफर्ममा रहेको प्रहरीले जनाएको छ । चारै जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)