गोसाइँकुण्ड मेला : चार स्थानमा स्वास्थ्य शिविर
annapurnapost.com · Thu Aug 20 07:49:25 GMT 2026

रसुवा : जनैपूर्णिमाको अवसरमा भदौ १२ गते लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेलामा सहभागी हुने तीर्थयात्रीको स्वास्थ्यलाई ध्यानमा राख्दै चार स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। यात्रीहरूलाई लेक लाग्न सक्ने तथा अन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले वर्षेनी कुण्ड मेलामा स्वास्थ्य शिविर राख्ने गरिएको छ।
गोसाइँकुण्ड यात्राका क्रममा यात्रीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन धुन्चे, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्ड गरी ४ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य उपसमितिले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)