कपिलवस्तुका पूर्वमेयर सिंहको शंकास्पद मृत्यु, के आयो पोस्टमार्टम रिर्पोट ?
lokaantar.com

शङ्कास्पद मृत्यु भएका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको पोस्टमार्टम रिपोर्ट आएको छ । रिपोर्टमा सिंहको मृत्यु शव फेला पर्नुभन्दा ३६ घण्टा अघि नै भएको उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टले जानकारी दिए ।
‘सिंहको मृत्यु जंगलमा हराएको समय आसपासमै भएको रिपोर्ट आएको छ’, भट्टले भने, ‘मृत्यु स्वाभाविक वा हत्या हो भन्ने अझै यकिन भइनसकेको छैन । दोस्रो ल्याब रिपोर्ट आउन बाँकी छ । उक्त रिपोर्ट आएपछि मात्रै अन्य कुराहरू खुल्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)