रसुवामा स्याउ खेती फस्टाउँदै
annapurnapost.com · Thu Aug 20 08:15:27 GMT 2026

रसुवा : गोसाइँकुण्ड गाउँपालिका–६ नागुङ गाउँका किसानले स्याउ खेतीबाट मनग्य आम्दानी कमाउन थालेका छन्। हिमाली क्षेत्रमा केही वर्षदेखि निरन्तरता दिन थालिएको स्याउ खेती फस्टाउँदै गएको हो। स्याउ खेतीका लागि प्रख्यात केही गाउँमा परम्परागत जातको स्याउ फल्न र बिक्न छाडेपछि किसानहरूले नयाँ जातको स्याउ रोप्न थालेका हुन्।
स्थानीय ग्यालदोर्जे तामाङ भन्छन्, 'वर्षेनि उत्पादन बढ्दै छ। यस वर्ष ३ हजार किलो स्याउ बेच्न सफल भएँ, अब ४-५ सय किलो स्याउ बिक्री गर्न बाँकी छ।'
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)