सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा नौ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
aarthiknews.com

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको उक्त निकायले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) बमोजिम मंगलबार उक्त निर्णय गरेको हो।
कार्यालयका अनुसार सम्बन्धित सार्वजनिक निकायहरूको सिफारिसका आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरिएको हो। कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिसम्म नेपालभरका कुनै पनि सरकारी वा सार्वजनिक निकायबाट सञ्चालन हुने खरिद प्रक्रिया, ठेक्का तथा बोलपत्रमा सहभागी हुन पाउने छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)