अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघ्यो
khabarhub.com · Thu Aug 20 09:46:47 GMT 2026

वासिङ्टन- अमेरिकी सङ्घीय सरकारको कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब अमेरिकी डलर नाघेको छ। अमेरिकी अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मंगलबार कारोबार समाप्त हुँदा सङ्घीय सरकारको कुल ऋण ४०० खर्ब ५० अर्ब डलर पुगेको हो।
बढ्दो सरकारी खर्च, ऋणको ब्याज भुक्तानी तथा मध्यपूर्वमा जारी युद्धका कारण अमेरिकी सरकारी ऋण नयाँ कीर्तिमानमा पुगेको बताइएको छ। ऋणको तीव्र वृद्धिले मुद्रास्फीति, सरकारी खर्च र बढ्दो ब्याज लागतप्रति लगानीकर्ताको चिन्ता थप बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)