सेयर बजार सकारात्मक, कारोबार रकम पनि बढ्यो
annapurnapost.com · Thu Aug 20 09:47:43 GMT 2026

काठमाडौं : नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। बिहीबार परिसूचक ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा अडिएको छ। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा पुगेको थियो। नेप्से बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ। सो दिन ३ अर्ब २९ करोड बराबरको कारोबार भएकोमा आज साढे ४ अर्बको कारोबार भयो।
यसदिन ३४५ वटा स्क्रिप्सको ९५ लाख ७६६ कित्ता सेयर ४ अर्ब ४० करोड १४ लाख ९ हजार ८५८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १३२ वटा स्टक्सको मूल्य बढ्दा १३२ वटाको घट्यो। १३ वटा स्टक्सको मूल्य स्थिर रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)