रसुवा भन्सार कार्यालयको राजस्व संकलन लक्ष्यभन्दा ७ प्रतिशत बढी
annapurnapost.com · Thu Aug 20 09:49:11 GMT 2026

रसुवा : रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा लक्ष्यभन्दा ७ प्रतिशत बढी राजस्व संकलन गरेको छ। गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित रसुवा भन्सारले साउन महिनामा एक अर्ब ७८ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा एक अर्ब ८६ करोड ९० लाख रुपैयाँ राजस्व संकलन गरेको हो।
लक्ष्यको तुलनामा करिब चार दशमलव सात प्रतिशत बढी राजस्व संकलन भएको हो। चीनबाट आयात हुने विभिन्न मालसामान, विद्युतीय सवारीसाधन, फलफूललगायतका सामग्रीको भन्सार शुल्कबाट उक्त राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले बताए। साउन महिनामा रोल कपडा, रेडिमेटयात हुने सामग्री, विभिन्न उद्योगका लागि आवश्यक कच्चा पदार्थ, जलविद्युत् आयोजनामा प्रयोग हुने सामग्रीलगायत वस्तु चीनबाट आयात भएका छन्। त्यसैगरी फलफूलतर्फ आँप, अंगुर, स्याउ, नासपाती, सुन्तला र ओखर तथा मसलाजन्य वस्तुमा लसुन र अदुवासमेत आगरेको भन्सार कार्यालयका सूचना अधिकारी करविर गैह्रेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)