पुनः सत्तामा आएपछि ट्रम्पले अनुचित रूपमा लाभ लिएको ठान्छन् अधिकांश अमेरिकी
ratopati.com · Thu Aug 20 09:59:12 GMT 2026

वासिङ्गटन डीसी । डोनाल्ड ट्रम्प दोहोर्याएर राष्ट्रपति बनेपछि उनी र उनको परिवारले अनुचित लाभ लिएको अधिकांश अमेरिकीहरूको ठम्याइ छ । धेरैजसो अमेरिकी ट्रम्प र उनका परिवारका सदस्यले क्रिप्टोकरेन्सीबाट लाभ लिएका अनि उनका नीतिगत निर्णयहरू निजी व्यावसायिक कारोबारबाट प्रभावित भएको विश्वास गर्ने गरेको नयाँ रोयटर्स/इप्सोस सर्वेक्षणले देखाएको हो ।
सोमबार सम्पन्न चारदिने सर्वेक्षणमा ट्रम्पकै रिपब्लिकन पार्टीका झन्डै आधा मतदाताले राष्ट्रपतिले आफ्ना व्यावसायिक स्वार्थलाई निर्णयमा प्रभाव पार्न दिने गरेको बताएका छन् । अमेरिकाभर भ्रष्टाचार उन्मूलन गर्छु भन्ने दाबी गर्ने ट्रम्पका लागि यो समाचारले पक्कै दुःखी बनाउनेछ । न्युयोर्कको रियल इस्टेट व्यवसाय गर्ने परिवारमा जन्मिएका ट्रम्पले राजनीतिमा प्रवेश गर्नुअघि आफ्नो नाममा विश्वव्यापी रूपमा चिनिने ब्रान्ड बनाइसकेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)