जाजरकोट अस्पतालमा चिकित्सकको अभाव भएको भन्दै कार्यदलले मुख्यमन्त्रीलाई दियो जानकारी
swasthyakhabar.com · Thu Aug 20 10:37:51 GMT 2026

जाजरकोट - जाजरकोट अस्पतालमा चिकित्सकको अभाव भएको भन्दै आज कार्यदलले कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीलाई जानकारी गराएको छ । अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेकी कार्यदलको सदस्य धर्मशाला बस्नेतले मुख्यमन्त्री शाहीलाई तत्काल चिकित्सक पठाइदिन आग्रह गरिएको बताइन् । छलफलमा प्रदेशसभा सदस्य बेदराज सिंह, कल्याणी खडका तथा स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डाक्टर सुनिल पुनको समेत सहभागिता रहेको थियो ।
५० शय्याको जिल्ला अस्तपतालमा डाक्टर नहुँदा दैनिक उपचार सेवा प्रभावित भएको छ । लामो समय देखि डाक्टर नहुँदा उपचारमा भारी समस्या भएको उनले जानकारी दिइन । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख सुनिल पुनले चिकित्सकको अभावका कारण सेवा प्रवाहमा समस्या गहिरो भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)