कैलालीमा विद्यालय व्यवस्थापन समितिका सदस्य घुससहित पक्राउ
annapurnapost.com · Thu Aug 20 10:41:15 GMT 2026

धनगढी : कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बमलाई बिहीबार धनगढी उपमहानगरपालिका–१ स्थित एक डेरि पसलबाट पक्राउ गरेको हो । अख्तियारको टोलीले उनलाई २ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)