एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा ६० सेकेन्ड पल्स दर लागू
nepalviews.com · Thu Aug 20 10:45:17 GMT 2026

काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलमा नयाँ पल्स दर लागू गरेको छ। कम्पनीले मंगलबार (भदौ २) देखि १९८ गन्तव्य मुलुकमा ६० सेकेन्डको नयाँ पल्स दर लागू गरेको हो।
नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२ गतेको स्वीकृतिपछि नयाँ पल्स दर लागू गरिएको एनसेलले जनाएको छ। दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरलाई स्वीकृति दिएको कम्पनीको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)