पाँच–पाँच विकेट लिएका दुई बलरले यसरी बाँडे म्याच बल
ratopati.com · Thu Aug 20 11:42:39 GMT 2026
काठमाडौँ । इङ्ग्ल्याण्ड र पाकिस्तानबिचको पहिलो टेस्टमा निकै रोचक घटना देखिएको छ । पाकिस्तानको पहिलो इनिङ्समा समान पाँच–पाँच विकेट लिएका इङ्ग्ल्याण्डका ओली रोबिन्सन र जोश टङ्गले आफ्नो उपलब्धिको सम्झनाका रूपमा राखिने म्याच बल आधा–आधा बाँडेका छन् ।
लिड्सस्थित हेडिङ्लेमा पाकिस्तान पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट हुँदा इङ्ग्ल्याण्डका रोबिन्सन र टङ्गले घातक बलिङ गरेका थिए । रोबिन्सनले ५१ रन खर्चेर पाँच विकेट लिए भने टङ्गले ४६ रन दिएर पाँच विकेट हात पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)