दुर्गा प्रसाईंको घरमा प्रहरीले गर्यो खानतलासी
ratopati.com · Thu Aug 20 12:33:06 GMT 2026

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ। बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुरस्थित निकोसेरामा रहेको प्रसाईको घरमा खानतलासी गरेको हो ।
प्रसाईंले लघुवित्त पीडितहरूलाई आन्दोलनका लागि प्रेरित गरेको भन्दै उनको घरमा खानतलासी गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक अधिकृतले बताए । लघुवित्त पीडितहरू अहिले राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा धर्नामा छन् । खानतलासीको नेतृत्व उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी शरत थापाले गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)