राष्ट्र बैंकका गभर्नर र सञ्चालक समिति सदस्यको कार्यकाल तीन वर्ष कायम
annapurnapost.com · Thu Aug 20 12:31:18 GMT 2026

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने भएको छ। सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने सहमति भएको हो।
बैठकमा गभर्नर र सञ्चालकको पाँच वर्षको कार्यकाललाई तीन वर्षमा सीमित गर्न सहमति भएको समिति सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिए। सरकारको आर्थिक नीति तथा योजनाहरूसँग मौद्रिक क्षेत्रबीच सामञ्जस्यता कायम रहोस् भन्ने उद्देश्यले कार्यसम्पादनका आधारमा पदावधि थप गर्न सकिने व्यवस्थामाथि छलफल भएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)