नेताहरू नै अवमूल्यन गरिरहेछन् धर्मनिरपेक्षता र लोकतन्त्रको
onlinekhabar.com · Thu Aug 20 13:21:27 GMT 2026

यो लेख दुई भागमा बाँडिएको छ। पहिलो भागमा अन्तरधार्मिक द्वन्द्वका घटना र प्रक्रियाहरूलाई सूचीकृत गर्दै तिनमाथि संक्षिप्त टिप्पणी गरिएको छ। त्यसपछि यसले ती घटनाहरूलाई राजनीतिक नेताहरूले अपनाएका नीति , अभ्यास र कार्यसम्पादनसँग जोड्ने प्रयास गरेको छ। नेताहरूले अख्तियार गरेका केही नीति , व्यवहार र कार्यसम्पादनले लोकतन्त्र तथा नागरिकत्वको क्षयीकरणलाई कसरी मलजल गर्छ भन्ने कुरा स्पष्ट पार्न खोजिएको छ।
अन्तरधार्मिक द्वन्द्वतर्फ लैजाने कतिपय व्यापक र गम्भीर कारकहरूको बारेमा यस लेखमा चर्चा गरिएको छैन। स्थापित नजिकका सामाजिक सम्बन्धहरूको विस्थापन र निर्बलता , अझ सामान्य तथा काल्पनिक संसार र सामाजिक सञ्जालहरूमा आफ्नो पहिचान निर्माण गर्ने प्रवृत्ति , सहरीकरण , निरन्तर र द्रुततर भौतिक तथा सामाजिक परिवर्तन र काम , आम्दानी तथा परिवार निर्माणलगायत आफ्नै जीवनका अनिश्चितताहरूले अन्तरजातीय द्वन्द्वमा पक्कै पनि महत्त्वपूर्ण पृष्ठभूमि भूमिका खेल्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)