जुनसुकै निकायबाट हुने छानबिनको सामना गर्न तयार छौँ : गंगा दाहाल
khabarhub.com · Thu Aug 20 13:27:08 GMT 2026

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वकीय सचिव गंगा दाहालले जुनसुकै निकायबाट हुने छानबिनको सामना गर्न तयार रहेको बताएकी छिन् । सरकारले पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति छानबिन गर्ने तयारी गरिरहेको खबर सार्वजनिक भइरहेका बेला दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो अभिव्यक्ति दिएकी हुन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले बाल्यकाल क्रान्तिको कठिन परिस्थितिमा बितेको स्मरण गराउँदै आज सुन्नै नसकिने किसिमका भ्रामक र आधारहीन आरोपहरू व्यहोर्नुपर्दा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकी छिन्। राजनीतिक प्रतिशोधका आधारमा विभिन्न समयमा अस्वाभाविक र हावादारी हल्लाहरू फैलाउने गरिएको दाबी गर्दै उनले ती आरोपहरू पुष्टि गरेर देखाउन चुनौतीसमेत दिएकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)