गोर्खा पहिचान झल्काउने ‘क्लासिक ३५० गोर्खा एडिसन’ नेपालमा सार्वजनिक [तस्वीरहरू]
nepalviews.com · Thu Aug 20 13:47:45 GMT 2026

काठमाडौं । रोयल इनफिल्डले आफ्नो चर्चित मोटरसाइकल क्लासिक ३५० को विशेष संस्करण ‘गोर्खा एडिसन’ नेपाली बजारमा सार्वजनिक गरेको छ । गोर्खा रेजिमेन्टको साहस, वीरता, अनुशासन र गौरवलाई प्रतिबिम्बित गर्ने गरी तयार पारिएको यो संस्करणलाई कम्पनीले सैन्य शैली र क्लासिक डिजाइनको मिश्रणका रूपमा प्रस्तुत गरेको छ ।
गोर्खा एडिसनको डिजाइनमा म्याट मिलिटरी ग्रिन रङ प्रयोग गरिएको छ । साइड प्यानलमा ‘Gorkha Edition’ ब्याजसँगै क्रस गरिएका खुकुरीको विशेष चिन्ह राखिएको छ । यसले क्लासिक ३५० को परम्परागत स्वरूपमा गोर्खा पहिचान थपेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)