नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध
khabarhub.com · Thu Aug 20 13:52:41 GMT 2026

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन मधेस प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
भारतको स्वतन्त्रता दिवसका अवसरमा सामाजिक विकास तथा अनुसन्धान केन्द्रद्वारा जनकपुरधाममा आयोजित ‘नेपाल–भारत सम्बन्धको वर्तमान अवस्था’ विषयक विचार गोष्ठीमा मुख्यमन्त्री यादवले दुई देशबीचको सम्बन्ध सरकारस्तरमा मात्र सीमित नभई जनस्तरसम्म गहिरो रूपमा जोडिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)