कानुनमन्त्री अनुपस्थित भएपछि न्याय परिषद् बैठक स्थगित, न्यायाधीश नियुक्ति प्रक्रिया अन्योलमा
ratopati.com · Thu Aug 20 14:01:01 GMT 2026

काठमाडौँ । सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि बोलाइएको न्याय परिषद्को बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम कार्यव्यस्तताका कारण उपस्थित हुन नसक्ने जानकारी गराएपछि बैठक बस्न नसकेको हो ।
न्याय परिषद्का कायममुकायम सचिव रामप्रसाद भट्टराईका अनुसार मन्त्री गौतमले अन्तिम समयमा आफ्ना अन्य ८–९ वटा बैठकहरू रहेको भन्दै आउन नसक्ने जानकारी गराएका थिए । 'कानुनमन्त्रीले अन्तिम समयमा आउन नसक्ने जानकारी दिएपछि बैठक स्थगित भएको हो,' सचिव भट्टराईले रातोपाटीसँग भने, 'अब अर्को बैठक कहिले बस्छ भन्नेबारे टुङ्गो लागेको छैन ।'
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)