१० भदौमा संसदमा जवाफ दिदै प्रधानमन्त्री बालेन्द्र शाह, फेरी पनि पर्लान त विवादमा
nepallive.com · Thu Aug 20 14:45:00 GMT 2026

काठमाडौ - प्रधानमन्त्री बालेन शाहले भदौ १० गते संसदलाई जवाफ दिने भएका छन् । प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार शाहले संसदलाई उक्त दिन जवाफ दिने तयारी गरेका हुन् । सभामुख डिपी अर्याललाई पनि आफू १० गते जवाफ दिने तयारी गरिरहेको जानकारी पठाएका छन् । तर यो सुचना गोप्य राखिएको छ । प्रधानमन्त्री शाह दोस्रो पटक सदनमा जवाफ दिन जान लागेका हुन् । यसअघि सदनलाई जवाफ दिदाँ भारतले पनि नेपालको भुमि मिचेको भनि विवादस्पद अभिव्यक्ति दिएपछि संसद नगएका शाह केही समय अघि सभामुख अर्यालले रुलिङ गरेपछि जान लागेका हुन् । संसदमा जान अनि त्यहाँ उठेका प्रश्नको जवाफ दिन धेरै रुचि नभएका शाह प्रतिपक्ष दलसहित सत्ता पक्षकै केही सासदले सरकारका वारेमा प्रश्न उठाएपछि जवाफ दिन लागेका हुन् । यसअघि
सभामुख अर्यालकाे रुलिङ अनुसार गृहमन्त्री सुधन गुरुङ र परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा जवाफ दिइसकेकाले प्रधानमन्त्री पनि जान लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)