चोरीका गरगहनासहित ६ जना पक्राउ
annapurnapost.com · Thu Aug 20 15:32:43 GMT 2026

काठमाडौं : चोरीका गरगहनासहित काठमाडौंबाट ६ जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१६ वनस्थलीमा डेरा गरी बस्ने व्यक्तिको कोठाबाट सुनका गरगहना र नगद चोरी गर्ने ४ जना पक्राउ परेका हुन्। यस्तै गरगहना बेचबिखन गर्ने र खरिद गर्ने पसल सञ्चालक पनि पक्राउ परेका छन्।
प्रहरी वृत बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। कोठाबाट गहना चोरी गर्नेहरुमा सुनसरी घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २२ वर्षीय सुविन घिमिरे, मकवानपुर घर भई काठमाडौंको बागबजार बस्ने २६ बर्षीय सुरज विक, काभ्रेपलाञ्चोक घर भई काठमाडौंको चमती बस्ने २६ वर्षीय संजय तामाङ र काठमाडौं–१५ का ३६ वर्षीय रविन महर्जन रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)