एक दशकपछि ३१० परिवारले पाए जग्गाधनी पुर्जा
ratopati.com · Thu Aug 20 15:46:48 GMT 2026

धनुषा । नापनक्सा सम्पन्न भएको करिब एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका-३ का ३१० परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन्। गाउँ ब्लक (स्ववासी) जग्गाको आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि नापी कार्यालयले आज उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।
साबिक मिथलेश्वर महुवाही गाउँ विकास समितिले १ देखि ९ वडासम्म पर्ने गाउँ ब्लक जग्गाको नापनक्सा आर्थिक वर्ष २०७२/७३ मा सम्पन्न भएको थियो। नापनक्सा सम्पन्न भए पनि आवश्यक अभिलेख अद्यावधिक, दर्ता तथा अन्य कानुनी प्रक्रिया पूरा हुन नसक्दा स्थानीयवासी लामो समयदेखि जग्गाधनी पुर्जाबाट वञ्चित हुँदै आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)