८० लाख धरौटी बुझाएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे रिहा
ratopati.com · Thu Aug 20 16:54:56 GMT 2026

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलकान्त जोशीको इजलासले बिहीबार पाण्डेसँग ८० लाख रुपैयाँ धरौटी माग गरेको थियो । स्मार्ट सेलको लिलामी प्रक्रियामा अनियमितता गरेको आरोपमा पक्राउ परेका पाण्डेलाई जिल्ला अदालत काठमाडौँले ८० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतको मागअनुसार सोही बराबरको बैंक ग्यारेन्टी बुझाएर पाण्डे रिहा भएका छन् । अब उनले थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)