खोटाङ र गुल्मीमा करेन्ट लागेर दुईजनाको मृत्यु
baahrakhari.com · Wed Jul 01 06:36:27 GMT 2026

काठमाडौं । खोटाङ र गुल्मीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५, नाटेपानी बस्ने ४९ वर्षीय नरबहादुर तामाङको करेन्ट लागेर मंगलबार बेलुकी मृत्यु भएको छ । आफ्नै घरमा मोबाइलको चार्जर निकाल्ने क्रममा करेन्ट लागेर तामाङ गम्भीर घाइते भएका थिए ।
उनको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, करेन्ट लागेर घाइते भएका अन्य एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)