सार्वजनिक बिदामा पनि भुक्तानी सेवा सञ्चालन हुने
gorkhapatraonline.com · Fri Jun 26 05:23:41 GMT 2026

सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा सार्वजनिक बिदाका दिनमा पनि भुक्तानी सेवा सञ्चालन हुने भएको छ । आर्थिक वर्ष २०८२/८३ को अन्त्य नजिकिँदै गर्दा बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र आर्थिक दायित्व समयमै फर्छ्यौट गर्ने उद्देश्यले सार्वजनिक बिदामा समेत भुक्तानी प्रक्रिया सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै महालेखा नियन्त्रक कार्यालयको निर्देशनबमोजिम यही असार २५ गतेसम्म आर्थिक प्रशासन शाखाबाट सार्वजनिक बिदाका दिनमा पनि नियमित रूपमा भुक्तानीको काम हुने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)