झन्डै ३८ लाख नागरिकले स्वास्थ्य बीमा नवीकरण गरेनन्
ratopati.com · Wed Jul 01 06:53:26 GMT 2026

काठमाडौँ । पछिल्लो समय स्वास्थ्य बीमा नवीकरण नगर्नेको सङ्ख्या बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार झन्डै ३८ लाख नागरिकले स्वास्थ्य बीमा नवीकरण नगरेको देखिएको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लले हालसम्म झन्डै ७० लाख नागरिक सक्रिय बिमित रहेको बताए । यस्तै, कुल बिमितको सङ्ख्या झन्डै एक करोड ८ लाख छ । यसरी हेर्दा नवीकरण नगर्नेको सङ्ख्या झन्डै ३८ लाख देखिन्छ । बोर्डका अनुसार ४० प्रतिशतले स्वास्थ्य बीमा नवीकरण गरेका छैनन् ।
२०७२ चैत २५ गते कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो । देशभर ४२५ वटा प्रथम सेवा विन्दु स्वास्थ्य संस्था तोकिएका छन् । बोर्डको अद्यावधिक विवरण अनुसार सन् २०१६ मा बिमितको सङ्ख्या ३२ हजार थियो । सन् २०२४ मा बिमितको सङ्ख्या ५६ लाख ८० हजार पुगेको थियो । यसरी हेर्दा बीमा गर्ने कुल वृद्धिदर १७८ हुन आउँछ, तर नवीकरण गर्नेको सङ्ख्या उल्लेखनीय रूपमा बढ्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)