रसुवा विपत्तिले सिकाएको पाठ (भिडियो अन्तर्वार्ता)
deshsanchar.com · Tue Sep 01 15:01:22 GMT 2026

काठमाडौँ- भदौ १० गते भएको घटनाले नेपाल शोकमा छ। भोटेकोशी नदीमा हिमनदी चोइटिएर आएको बाढीले मान वइतिहासमा सायदै देखिने आकारमा नदी बदल्यो। रसुवास्थित चिनियाँ नाकामा राखिएको फुटेज मार्फत् देखिएको त्यो भयावह अवस्थाले नेपाली जनतालाई जुन मनोविज्ञानमा धकेलिदियो त्यो हृदयविदारक छ। शताब्दीऔँदेखि बसेको मानव सभ्यतालाई नै तहसनहस बनाएर बाढीले वितन्डा मच्चायो। आज बाढी गएको करिब एक हप्ता हुन लाग्दा १ हजार भन्दा बढी मानिसको लाश फेला परे। हजारौँ अझै वेपत्ता छन्। बेपत्ता हजारौँका सयौँ परिवार बगर बनेको घर, आँगन नियाल्दै झिनो आशाका बीच समाचार कुरिरहेका छन्। चाहे त्यो समाचार शुभ होस्, या अशुभ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)