हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने
lokaantar.com

भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक कालोपत्रका लागि प्रक्रिया अघि बढेको छ । हुलाकी राजमार्ग निर्देशनालयका अनुसार पहिलो चरणमा सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार ९९६ रूख काट्नुपर्ने जनाएको छ ।
निकुञ्जले ध्रुवबाट बनकट्टासम्म सडकको बीचबाट १५ मिटर दायाँबायाँ पर्ने रूखको तथ्याङ्क सङ्कलन गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनका अनुसार तथ्याङ्क सङ्कलन गरेर नापजाँच गरी हुलाकी राजमार्ग निर्देशनालय र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) का लागि पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)