पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
ratopati.com · Fri Aug 21 00:14:31 GMT 2026

काठमाडौँ । दक्षिण अमेरिकी देश पेरुको मध्य क्षेत्रमा बिहीबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण तत्काल मानवीय क्षति वा भौतिक संरचनामा क्षति भएको विवरण प्राप्त भएको छैन।
यूएसजीएसका अनुसार भूकम्प ९९ किलोमिटर गहिराइमा गएको थियो। यसको केन्द्रबिन्दु एन्डिज पर्वत क्षेत्रमा पर्ने एनिसोबाट करिब ३१ किलोमिटर उत्तरपश्चिममा रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)