झापाको बाहुनडाँगीमा जंगली हात्तीको आतंक, स्थानीय त्रसित
shilapatra.com · Wed Jul 01 07:02:00 GMT 2026

झापाको बाहुनडाँगी क्षेत्रमा जंगली हात्तीको बढ्दो आतंकका कारण स्थानीयवासी त्रसित बनेका छन् । हुलका हुल जंगली हात्ती त्यहाँ प्रवेश गरी स्थानीयका बाली नष्ट पारिदिने र मान्छेसमेतलाई आक्रमण गर्ने डरले स्थानीयमा चिन्ता बढाएको हो ।
हात्तीको आक्रमणबाट विगतमा २९ जना र यस वर्ष दुई जना गरी हालसम्म ३१ जनाले अकालमै ज्यान गुमाइसकेका छन् । हमलाबाट जनतालाई जोगाउन यसअघि नेपाल सरकारको पहलमा मेची नदीको पश्चिम किनारमा १७ दशमलव १४ किमीमा सोलार फेन्सी तार जडान गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)