बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन
khabarhub.com · Fri Aug 21 00:29:39 GMT 2026

बाजुरा- बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन्। पर्याप्त जनशक्ति, औषधि तथा उपकरणको अभाव रहे पनि दुवै स्थानीय तहले स्थानीय नागरिकलाई आफ्नै पालिकामा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याएका हुन्।
गौमुल गाउँपालिकाले यही भदौ ३ गतेदेखि १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको हो। अस्पतालको बुधबार गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले औपचारिक उद्घाटन गरेका थिए। अस्पताल निर्माण सम्पन्न भएको करिब डेढ वर्षपछि सेवा सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)