अस्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’ र एनटी स्ट्राइक भिड्दै
nepalviews.com · Fri Aug 21 00:50:27 GMT 2026
काठमाडौं । नेपाल ‘ए’ पुरुष राष्ट्रिय क्रिकेट टोलीले आज अस्ट्रेलियामा जारी ‘टप एन्ड टी–२० सिरिज’ अन्तर्गत आफ्नो पहिलो खेल खेल्दैछ। नेपालले आज घरेलु टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग प्रतिस्पर्धा गर्न लागेको हो।
नेपाली समयअनुसार खेल आज दिउँसो २:१५ बजेदेखि डार्विनस्थित मरारा क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालले दोस्रोपटक यस प्रतियोगितामा सहभागिता जनाएको हो। यसअघि गत संस्करणमा नेपालको सिनियर राष्ट्रिय टोलीले यस सिरिज खेलेको थियो, जहाँ लिग चरणका ६ खेलमध्ये २ मा जित र ४ मा पराजय ब्यहोरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)