डोटीमा अटोरिक्सा दुर्घटना, एक जनाको मृत्यु, ४ घाइते
annapurnapost.com · Fri Aug 21 00:46:35 GMT 2026

डोटी : डोटीमा यात्रु बोकेको अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार घाइते भएका छन् ।
बिहीबार केआईसिंह गाउँपालिका–४ बास्कोट भन्ने ठाउँमा सुपप्र ०१००१ ह ८६८४ नम्बरको अटोरिक्सा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनमा परेर केआईसिंह गाउँपलिका–३ की ५५ वर्षीया लछु ऐरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल, धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)