बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
kendrabindu.com · Wed Jul 01 07:12:33 GMT 2026

विराटनगर । झापाको बाहुनडाँगी क्षेत्रमा जङ्गली हात्तीको बढ्दो आतङ्कका कारण स्थानीयवासी त्रसित बनेका छन् ।
हुलका हुल जङ्गली हात्ती त्यहाँ प्रवेश गरी स्थानीयका बाली नष्ट पारिदिने र मान्छे समेतलाई आक्रमण गर्ने डरले स्थानीयमा चिन्ता बढाएको हो । हात्तीको आक्रमणबाट विगतमा २९ जना र यस वर्ष दुई जना गरी हालसम्म ३१ जनाले अकालमै ज्यान गुमाइसकेका छन् । हमलाबाट जनतालाई जोगाउन यसअघि नेपाल सरकारको पहलमा मेची नदीको पश्चिम किनारमा १७ दशमलव १४ किमीमा सोलार फेन्सी तार जडान गरिएको थियो । हाल सोलारप्यानल जीर्ण अवस्थामा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)