म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
khabarhub.com · Fri Aug 21 01:18:26 GMT 2026

म्याग्दी – एक वर्षको अवधिमा म्याग्दीबाट ७३ करोड मूल्यबराबरको आलु र सुन्तला बिक्री भएको छ ।
कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८२-८३ मा ४० करोडको आलु र ३३ करोड ८६ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको छ । चार हजार ५१५ मेट्रिक टन सुन्तला र ३३ हजार १२० मेट्रिक टन आलुको व्यापार भएको कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोलाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)